‘युद्ध, रोग र भोकमरीको तेहेरो मारको सामना गर्दै गाजाबासी’
जेनेभा । गाजा पट्टीका परिवारहरूले द्वन्द्व, सुरक्षित पानीको अभावबाट हुने रोग र खाद्यान्न अभावका कारण भोकमरीको ‘तेहेरो खतरा’ को सामना गरिरहेको संयुक्त राष्ट्रसङ्घका अधिकारीले शनिबार बताएका छन् । गाजामा बन्धक बनाइएका बाँकी इजरायली बालबालिकाका लागि पनि यो दुःस्वप्न जारी रहेको र स्थिति तीव्र गतिमा बिग्रँदै गएको उनीहरूले बताएका छन् ।
प्यालेस्टिनीका लागि संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) की विशेष प्रतिनिधि लुसिया एल्मीले जेरुसेलमबाट भिडियो लिङ्कमार्फत आयोजित पत्रकार सम्मेलनमा आफू गाजामा एक हप्ता बिताएर भर्खरै फर्केको बताए । गाजाको पछिल्लो स्थितिले आफूलाइै निकै दुःखी बनाएको बताउँदै उनले भने, “हजारौं बालबालिकाको मृत्यु भइसकेको र तीनवटा अत्यावश्यक समस्या तत्काल सम्बोधन नगरिए अझै हजारौं बालबालिकाले ज्यान गुम्ने जोखिम रहेको छ ।”
बमबारीबाट पीडितका लागि राहतको व्यवस्था गर्न सुरक्षा, सहायता वितरणको लागि रसद, र व्यावसायिक क्षेत्रको पुनः सञ्चालन आवश्यक छ । एल्मीले पत्रकारहरूसँग कुरा गर्दै विगत दुई हप्तामा मात्र गाजामा बालबालिकामा झाडापखालाका घटनाहरु झण्डै दोब्बर भएर ७० हजार पुगेको बताए ।
करिब एक लाख ३५ हजार बालबालिका पनि गम्भीर कुपोषणको जोखिममा छन् । उनले तत्काल र दीर्घकालीन युद्धविराम नै बालबालिका र परिवारको हत्या र घाइतेको अन्त्य गर्ने एक मात्र उपाय भएको र अति आवश्यक मानवीय सहायता तत्काल उपलब्ध गराउन आवश्यक रहेको उल्लेख गरे ।
एल्मीले गाजा पट्टीमा प्रवेश गर्ने सबै नाकाहरू पुनः खोल्नुपर्ने, सहायताका लागि अनुमोदन प्रक्रिया छिटो हुनुपर्ने, विद्यालय र अस्पतालजस्ता नागरिक पूर्वाधारको संरक्षण गरिनुपर्ने र गाजा पट्टीको उत्तरमा पहुँच प्रदान गर्नुपर्ने बताएका छन् । अपहरणमा परेका बालबालिकासहित विभिन्न देशका नागरिकलाई पनि बिनाशर्त र सकुशल रिहा गरिनुपर्छ ।
हमास र अन्य प्यालेस्टिनी सशस्त्र समूहले इजरायलमाथि आक्रमण गरेको यो आइतबार १०० दिन पुगेको छ । अहिलेसम्म एक हजार २०० इजरायली मारिएका छन् भने करिब २५० जनालाई बन्धक बनाइएकोमा १०० भन्दा बढीलाई रिहाई गरिएको छ । इजरायलले सैन्य कारबाही सुरु गरेयता १४ हप्तामा २३ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन्, जसमध्ये करिब दुई तिहाइ महिला र बालबालिका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
-
स्याङ्जाका उत्कृष्ट कृषक सम्मानित
-
कासिमिरोको गोलसँगै ब्राजिल र जापान १–१ को बराबरीमा, खेल रोमाञ्चक मोडमा
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण