लुम्बिनीले गण्डकीलाई ४ विकेटले हरायो
सिद्धार्थनगर । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ । गण्डकीले प्रस्तुत गरेको १ सय १२ रनको लक्ष्य लुम्बिनीले २८.२ ओभरमा ६ विकेटको क्षतिमा पछ्यायो ।
लुम्बिनीका लागि मृणाल गुरुङले सर्वाधिक ४७ रन बनाए । उनलाई एमडी हुसैनले २१ रन बनाउँदै राम्रो साथ दिए । विराट भण्डारीले १० रन बनाए । गण्डकीका लागि विपिन खत्री र कमल परियारले ३–३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले ३४.४ मा सबै विकेट गुमाएर १ सय ११ रनमा सीमित बनेको थियो । गण्डकीका लागि करण पङ्गेनीले सर्वाधिक २८ रन बनाए । त्यस्तै, कृष्ण अयरले १९ तथा समीर कँडेल र अमृत गुरुङले १३–१३ रनको योगदान दिए ।
लुम्बिनी प्रदेशका लागि अजय चौहानले सर्वाधिक ४ विकेट लिए भने अभिषेक गौतम र एमडी हुसैनले २–२ विकेट लिए । कृष्ण कार्की र नर सार्कीले १–१ खेलाडीलाई आउट गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026