प्रधानमन्त्री कपमा पुलिस क्लबको विजयी सुरुवात
काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई हराउँदै विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा पुलिस ६८ रनले विजयी बनेको हो ।
पुलिसले प्रस्तुत गरेको २ सय ८३ रनको लक्ष्य पछ्याउने क्रममा बागमती ४२.३ ओभरमा २ सय १४ रनमा समेटियो । बागमतीका लागि अशुतोष घिरैयाले ९२ रन बनाए पनि टोलीलाई जीतसम्म डोर्याउन सकेनन् । अर्को ओपनर इशान पाण्डेले ४४ रनको योगदान दिए । पुलिस क्लबका लागि सागर ढकालले ३ तथा करन केसी, राशिद खान र दीपेन्द्रसिंह ऐरले २–२ विकेट लिए ।
यसअघि राशिद खानको शानदार शतकको मद्दतले नेपाल पुलिस क्लबले बागमती प्रदेशसामु २ सय ८३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । पुलिस क्लबले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ८२ रन बनायो ।
खानले ११२ बलमा १०६ रन बनाउँदै नटआउट रहे । उनले यस क्रममा ९ चौका र ६ छक्का हिर्काए । उनलाई आरिफ शेखले ६६ बलमा ५७ रन बनाउँदै राम्रो साथ दिए । कप्तान दीपेन्द्र सिंह ऐरीले १४ बलमा २१ रन बनाए भने सुनिल धमला र अर्जुन साउदले २०–२० रनको योगदान दिए ।
बागमतीका लागि सूर्य तामाङ र रिजन ढकालले ३–३ विकेट लिए । त्यस्तै गौतम केसी र सोनु देवकोटाले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण