संवैधानिक कानुन व्यवसायी मञ्चको अध्यक्षमा अर्याल
शनिबार, २८ पुस २०८०, २१ : १५
काठमाडौँ । संवैधानिक कानुन व्यवसायी मञ्चको अध्यक्षमा ओमप्रकाश अर्याल निर्वाचित भएका छन् । शनिबार भएको मञ्चको २१ औं साधारणसभाले अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा शर्मिला श्रेष्ठ, महासचिवमा लिलाधर उपाध्याय, कोषाध्यक्षमा रोशन पोखरेल, सदस्यमा दिनेश त्रिपाठी, अमरबहादुर राउत, रोशनी पौड्याल र पवनकुमार जयसवाल निर्वाचित भएका छन् ।
सो संस्थाको संस्थापक अध्यक्षमा डा.भिमार्जुन आचार्य, पूर्वअध्यक्षहरूमा कुमार रेग्मी, टीकाराम भट्टराई, डा.चन्द्रकान्त ज्ञावली, रविनारायण खनाल, ललितबहादुर बस्नेत, राजुप्रसाद चापागाईं, दिनेश त्रिपाठी रहिसकेका छन् । मञ्चका अध्यक्ष वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण