मुस्ताङमा आलु उत्पादन घट्यो
म्याग्दी । मुस्ताङमा अघिल्लो वर्षको तुलनामा यस वर्ष आलु उत्पादन ३३ प्रतिशतले घटेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले डढुवारोग र अधिक वर्षाका कारण आलु उत्पादन घटेको बताए ।
केन्द्रका अनुसार गत वर्ष नौ हजार ६ सय तीन मेट्रिक टन आलु उत्पादन भएकोमा यस वर्ष छ हजार तीन सय ६३ मेट्रिक टन आलु उत्पादन भएको छ । “यसपालि आलुको बोट हुर्कने समयमा लगातार वर्षा हुँदा वृद्धि विकास राम्रो हुन सकेन”, प्रमुख बस्ताकोटीले भने, “डढुवा रोगका प्रकोप पनि आलु उत्पादन घट्नुको कारण हो ।”
स्थानीय तहका कृषि शाखासँग समन्वय गरी आलुको क्रप कटिङ गरिएको थियो । चैत–वैशाख महिनामा लगाइने आलु असोज–कात्तिक महिनामा भित्र्याउने गरिन्छ । गत वर्ष प्रतिहेक्टर ३० दशमलव ७८ मेट्रिक टन आलु उत्पादन भएकामा यस वर्ष २० दशमलव दुई मेट्रिक टन फल लागेको छ । मुस्ताङको तीन सय १५ हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको छ । अघिल्लो वर्षको तुलनामा यसपालि आलुखेती हुने क्षेत्रफल तीन हेक्टरले भएको थियो ।
मुस्ताङमा उत्पादन हुने आलु पोखरा, काठमाडौँ, चितवनलगायतका बजारमा खपत हुने गरेको छ । केन्द्रका अनुसार यहाँ उत्पादन हुने आलु २० प्रतिशत बीउ र १० प्रतिशत उपभोगका लागि खपत भइ बाँकी ७० प्रतिशत निकासा हुन्छ । आलु प्रतिकिलो सरदर रु ५० का दरले बिक्री हुन्छ ।
यहाँ गत वर्ष रु ४८ करोड नौ लाख मूल्यबराबरको आलु उत्पादन भएकामा यसपाली रु ३१ करोड ८१ लाख बराबरको मात्रै भएको छ । हिमाली चिसो हावापानीमा प्राङ्गारिक विधिबाट विषादिको प्रयोगबिना उत्पादन भएको आलुको बजारमा उच्च माग रहेको किसान रोशन थकालीको भनाइ छ ।
“प्रतिपाथी रु एक सय ५० का दरले आलु बिक्री हुने गरेको छ”, किसान थकालीले भने–, “एक पाथीमा करिब तीन केजी आलु हुन्छ ।” बारीमा नखन्दै व्यापारीले अग्रिम पैसा दिएर आलु खरिद गर्छन् । मुस्ताङ घुम्न जानेहरूले पनि कोसेलीका रूपमा आलु किनेर लैजाने गर्छन् । यहाँको आलु अन्यत्रको तुलनामा स्वादिलो हुने भएकाले मुस्ताङको आलुको माग सहरमा बढी हुने गरेको छ ।
आलु खेतीमा भेडा–च्याङग्रा, गाई, गोरु र चौँरीको मल प्रयोग हुन्छ । आलु खेतीका लागि गण्डकी प्रदेश सरकारमार्फत चालु आर्थिक वर्षमा प्रतिरोपनी रु सात हजार पाँच सय अनुदान छुट्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण