एसियन कप फुटबल : उज्बेकिस्तान र सिरियाले अङ्क बाँडे
काठमाडौँ । एएफसी एसियन कप फुटबलमा उज्बेकिस्तान र सिरियाले अङ्क बाँडेका छन् । शनिबार राति भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेल्दै एक–एक अङ्क बाँडे ।
सिरियाविरुद्ध उज्बेकिस्तानले बल पोसेसन ६४ प्रतिशत राखे पनि गोल गर्न भने असफल हुँदा एक एक अङ्कमा चित्त बुझाएका हुन् ।
उज्बेकिस्तानका ओटाबेक शुकरोवले खेल सुरु भएको पहिलो मिनेटमै गरेको प्रहार खेर गएको थियो । त्यसैगरी छैटौँ मिनेटमा इब्राहिम हेसरको प्रहार खेर जाँदा सिरियाले गोल गर्ने अवसर गुमाएको थियो ।
१९ औँ मिनेटमा होजिमत एर्किनोवले गरेको प्रयास खेर जाँदा उज्बेकिस्तानले मौका गुमाउन पुग्यो । ४४ ओं मिनेटमा सिरियाका पाब्लो साबागको पासमा एजेकिएल हैमले गरेको प्रयास पनि सफल भएन । खेल अवधिभर उज्बेकिस्तानले ४ पटक टार्गेट गर्दा सिरियाले २ पटक गरेको थियो ।
यो नतिजासँगै समूह बीमा अस्ट्रेलिया ३ अङ्कका साथ शीर्ष स्थानमा रहँदा सिरिया र उज्बेकिस्तान १–१ अङ्कसहित दोस्रो र तेस्रो स्थानमा छन् । भारत भने अस्ट्रेलियासँग पराजित हुँदा अङ्क जोड्न सकेको छैन । एफसी एसिया कप अन्तर्गत आज पनि ३ वटा खेल हुने छन् ।
नेपाली समय अनुसार समूह बीका युएई र हङकङकले राति सवा ८ बजे खेल्दा सवा नै बने इरान र प्यालेस्टाइन आमने सामने हुने छन् । यस्तै समूह डीमा रेको जापान र भियतनामको खेल सवा ५ बजे सुरु हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण