खुल्ला मञ्चलाई फुटबल ग्राउन्ड बनाउन लागेकोमा आपत्ति
काठमाडौँ । स्वच्छ, खुल्ला टुँडिखेलको लागि नागरिक सचेतना तथा जनदबाब अभियानले काठमाडौँको खुलामञ्चमा खेल मैदान बनाउन लागेको विषयप्रति चासो देखाएको छ । अभियानले आइतबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय खुलामञ्चमा दुईवटा फुटबल ग्राउन्ड निर्माण गर्न लागिएको जानकारी प्राप्त हुन आएको जनाएको हो ।
‘खेलमैदान काठमाडौँको आवश्यकता हो; यसमा दुई मत रहन सक्दैन । तर खुल्ला मञ्चको आफ्नै सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक महत्त्व छ’, विज्ञप्तिमा भनिएको छ, ‘खुल्ला मञ्च सभा सम्मेलन गरी आएको ऐतिहासिक क्षेत्र हो भने लोकतान्त्रिक गणतन्त्र नेपाल प्राप्तिको लागी महत्त्वपूर्ण क्षेत्र र जीवन दायिनी समेत हो । दुईवटा फुटबल ग्राउन्ड निर्माण हुँदा यहाँ अन्य कार्यहरू हुन नसक्ने र सो क्षेत्रको Compatible Use समेत नहुने स्थिति देखिन्छ ।’
अभियानले टुँडिखेल प्रतिदिन मासिँदै गएकोमा चिन्ता समेत जनाएको छ । सन् १९६७ मा ५२ प्रतिशत सार्वजनिक खुला क्षेत्र भएको टुँडिखेलको भूभाग क्रमशः सन् १९९० मा ३३ प्रतिशत, सन् २००० मा २५ प्रतिशत र सन् २०१७ सम्म आइपुग्दा १४ प्रतिशतमा खुम्चन पुगेको जनाउँदै अभियानले यसको अतिक्रमण हुने क्रम बढ्दो रहेको जनाएको छ ।
अभियानले खुल्ला मञ्चलाई पहिलाको जस्तै घाँसे मैदान बनाउने प्रयास गरे पनि यसअघि स्थानीय सरकारले ३ तहको भूमिगत पार्किङ निर्माण गर्ने चर्चा समेत भए पनि विरोधका कारण रोकिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण