ग्लोबल ग्लोबल आइएमई बैंकको निःशुल्क स्वास्थ्य शिविर
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोशी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
बैंकले शनिवार इलाम जिल्ला इलाम नगरपालिका वडा नं. ४ स्थित मलाटे आधारभूत स्वास्थ्य चौकीमा १६० भन्दा बढी महिलाहरूको स्वास्थ्य चेकजाँच गरी स्थानीय महिलाहरूलाई प्रत्यक्ष रुपमा लाभान्वित गरेको हो ।
नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सञ्चालित उक्त शिविरमा स्त्रीरोग विज्ञहरूले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरू निःशुल्क रूपमा उपलब्ध गराएको हो ।
प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गरेको छ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गर्नेछ ।
वार्षिकोत्सवको अवसरमा सम्पूर्ण प्रदेशहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी १,२५० भन्दा बढी महिलाहरूको स्वास्थ्य चेकजाँच सेवा उपलब्ध गराएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण