हिमालयन बैंकको साधारण सभा सम्पन्न, अध्यक्षमा श्रेष्ठ
काठमाडौँ । हिमालयन बैंकको ३१ औँ साधारण सभा सम्पन्न भएको छ । साधारणले बैंक तथा यसका सहायक कम्पनीहरू सहितको एकीकृत वित्तीय विवरण पारित गरेको छ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले आर्थिक वर्ष २०७९/०८० को प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष श्रेष्ठले समीक्षा वर्षमा सिभिल बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको तथा तत्कालीन सिभिल क्यापिटल मार्केट लिमिटेडलाई पनि बैंकको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले प्राप्ति गरी एकीकृत कारोबार सुरु गरिसकेको जानकारी दिए ।
यसका साथै उनले सिभिल लघुवित्त वित्तीय संस्थाको नाम परिवर्तन गरी यस बैंकको सहायक कम्पनी हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार सञ्चालन गरिरहेको जानकारी गराए । उनले बैंकले निकट भविष्यमा आफ्नो सेवा विस्तारलाई ध्यानमा राखी धितोपत्र सम्बन्धी कारोबार गर्न हिमालयन सेक्युरिटिज लिमिटेडको नाममा अर्को सहायक कम्पनी दर्ता गरी कारोबार सुरु गर्न नियामक निकायबाट स्वीकृति प्राप्त गर्ने प्रक्रियामा रहेको जानकारी गराए ।
उनले बैंकले आ.व. २०७९/०८० को अन्त्य सम्म प्राप्ति सहित रु. २ खर्ब ७८ अर्ब ५२ करोड निक्षेप सङ्कलन र रु. २ खर्ब ४२ अर्ब ७५ करोड कर्जा प्रवाह गरेको जानकारी गराए । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः ६२.४२ र ५५.१७ प्रतिशतले बढी हो । उनले विश्वका आर्थिक, सामाजिक तथा भू—राजनीतिक घटनाहरूका कारण हाल बैंक तथा सम्पूर्ण बैकिङ्ग क्षेत्रले नै चुनौतीको सामना गरिरहेको रहेको बताए ।
उक्त साधारण सभाले बैंकले आफ्नो कुल शेयर पुँजीमा आवश्यक सर्वसाधारण शेयरधनी शेयर अनुपात कायम गर्नका लागि अङ्कित मूल्यमा प्रिमियम थप गरी साधारण शेयर थप सार्वजनिक निष्कासन गर्ने तथा उक्त थप सार्वजनिक निष्कासनको सङ्ख्या निर्धारण गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
उक्त सभामा हिमालयन बैंकको सञ्चालक समितिमा संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने ५ जना सञ्चालक पदमा प्रचण्ड बहादुर श्रेष्ठ, फरहान तलिव, जितेन्द्र धिताल, सुनिल बहादुर थापा र प्रताप जंग पाण्डे निर्विरोध निर्वाचित भएका छन् । यस्तै सर्वसाधारण शेयरधनीको तर्फबाट आशिष शर्मा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत रमेश सापकोटाले जानकारी दिए ।
त्यसैगरी बैंकको आजै बसेको सञ्चालक समितिको बैठकले नवनियुक्त सञ्चालकहरू मध्ये प्रचण्ड बहादुर श्रेष्ठलाई सर्वसम्मत रूपमा आगामी ४ वर्षका लागि बैंकको अध्यक्षमा नियुक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण