सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो कलिङको फ्यूचर, टाढा भएको मान्छे समेत सामुन्ने उभिएर बोल्नेछ

आइतबार, २९ पुस २०८०, १७ : ४८
आइतबार, २९ पुस २०८०

काठमाडौँ । लास भेगासमा आयोजित कञ्जुमर इलेक्ट्रोनिक शो (सीईएस) २०२४ मा कयौँ खालका प्रविधि हेर्न पाइयो । शोमा नेदरल्यान्डको प्रविधि कम्पनी होलोकनेक्ट्सले गज्जबको प्रविधि प्रदर्शन गरेको थियो । यसले भिडियो कलिङको भविष्य बदल्न सक्ने बताउन थालिएको छ । मान्नुस् तपाई घरमा एक्लै हुनु हुन्छ । तपाईँको सामुन्ने कुराकानी अचानक कोही  प्रकट भयो भने के गर्नु हुन्छ ?

होलोकनेक्टको होलोबक्सले हाम्रो यो कल्पनालाई साकार पारिदिएको छ । कम्पनीले एउटा डिभाइस बनाएको छ । जसमा ८६ इञ्चको ट्रान्सप्यारेन्ट स्क्रिन छ । यसमा एड्भान्स सफ्टवेयर र हार्डवेयर कम्पोनेन्ट पनि छ । यो डिभाइसले हाई डेफिनेशन फोरकेमा थ्रीडी होलोग्राम बनाउँछ । यसलाई संसारको जुनसुकै कुरामा प्रोजेक्ट गर्न सकिने बताइएको छ । यसका लागि तपाईँसँग इन्टरनेट कनेक्शन र होलोबक्स चाँहि हुनु पर्छ । जो व्यक्ति होलोग्रामको रुपमा होलोबक्सभित्र देखिन्छन्, उनीसँग पनि आफैंलाई रेकर्ड गर्न फोरके क्यामरा हुनु पर्छ ।

यसबाहेक प्रकाशको राम्रो व्यवस्था भएको हुनु पर्छ । उभिन सकिने सेतो ब्याकग्राउन्ड पनि चाहिन्छ । ‘हामीहरुले एक निकै परिस्कृत डिस्प्ले प्यानलको उपयोग गरेका छौँ । हामीसँग यसको डेप्थ पनि छ, यसले वास्तवमा थ्रीडीको फिल दिन्छ,’ रोयटर्ससँगको कुराकानीमा होलोकनेक्टका प्रवन्ध निर्देशक स्टीभ स्टर्लिङले भने । वास्तविक इमेजलाई थ्रीडि रुपमा दिन सकियोस् अनि बाइटनेस दिन र ब्याकग्राउन्डलाई अलग गर्न टप र साइडमा १ लाख ५० हजार लुमेन्स लाइटको प्रयोग गरिएको छ ।

समाजमा पछिल्लो समय बढिरहेको एक्लोपनको समस्या निवारणमा यो उपकरण उपयोगी हुने आशा कम्पनीको छ । कोभिडको महामारीबाट बाहिर आएपछि मान्छेहरूमा एक्लै बस्ने बानी बढ्यो । केहीलाई यसरी एक्लै बस्न आरामदायक पनि लाग्न थालेको छ । तर यो राम्रो कुरा होइन । यस्तोमा मानवीय कनेक्शन उपलब्ध गराउन कम्पनीले यो प्रविधिको विकास गरेको बताइएको छ । ८६ इञ्चको होलोबक्सको हार्डवेयरको लागत ४० हजार डलरदेखि ५० हजारबीच रहेको कम्पनीले बताएको छ । होलोबक्स मिनीको मूल्य पनि ७ हजार डलरदेखि १० हजार डलर रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप