हानले माघ २ गते ‘नेपाल सत्कार दिवस’ मनाउने
काठमाडौँ । होटल संघ नेपाल (हान)ले माघ २ गते काठमाडौंमा नेपाल सत्कार दिवस–२०२४ मनाउने भएको छ । होटल क्षेत्रको समग्र विकासमा मद्दत पु¥याउने उद्देश्यले संघले पहिलोपटक नेपाल सत्कार दिवस मनाउन लागेको हो ।
संघका अध्यक्ष विनायक साहले होटेल क्षेत्रको वर्तमान स्थिति, विकासका सम्भावनाहरू र चुनौतीबारे समीक्षाको लागि सत्कार दिवस बनाउन लागेको बताए । उनले ५८ वर्षअघि माघ २ गते होटल संघ नेपाल विधिगत रुपमा दर्ता भएको सम्झनामा नेपाल सत्कार दिवस मनाउन लागेको बताए । उनले आगामी दिनमा होटल उद्योग कसरी अगाडि बढ्ने भन्ने कुराहरुमा सरोकारवालहरुसँग छलफल गरी कार्यनीति अगाडि ल्याउने बताए ।
संघले तयार गरेको नेपाल होटल इयरबुक–२०२४ र इ–लर्निङ प्लेटफर्म’ मार्फत दक्ष कामदार उत्पादनसम्बन्धी अनलाइन ट्रेनिङ प्याक सार्वजनिक गरिने उनले बताए । उत्सवमा सातै प्रदेशको रैथाने मौलिक खानाहरु स्वदेशी र विदेशी गरी ३ सय जना पाहुनालाई सत्कार गर्ने बताए । उनले संघले सत्कार दिवसलाई आगामी वर्षदेखि निरन्तरता दिने बताए ।
अध्यक्ष साहले २०२३ पर्यटक आगमनको हिसावमा सुखद् रहेको भन्दै आगामी वर्ष थप वृद्धि गर्नेगरी काम गर्नु आवश्यक रहेको बताए । उनले २०२३ मा १० लाख पर्यटक नेपालमा आगमन भएको भन्दै ३० देखि ३५ लाख पर्यटकलाई धान्नसक्ने क्षमताका पर्यटन पूर्वाधार बनेको भन्दै त्यति पर्यटक भित्र्याउने लक्ष्यकासाथ सरकार र निजी क्षेत्र अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण