आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

‘मनको गाँठो’ फुकाउँदै चिरन र स्मारिका

आइतबार, २९ पुस २०८०

काठमाडौँ । गायका श्रेय अगस्तिको स्वर रहेको गीत ‘मनको गाँठो’ सार्वजनिक भएको छ । प्रमोद भट्टराई ‘प्रतिक’को शब्द तथा कीर्ति न्यौपानेको संगीत रहेको गीतमा संगीतसंयोजन पुरुषोतम सुवेदीको रहेको छ । 

प्रेमीकासँग प्रेमीले मनको गाँठो फुकाउन नसकेको गुनासो गरिएको गीतको भिडियो पनि बनेको छ । भिडियोमा जिबी चिरन, स्मारिका ढकाल र महेन्द्र बमको अभिनय छ । भिडियोमा विशेष भूमिकामा प्रशन्त गौतम र राम बिष्ट देखिएका छन् । भिडियोमा एक जोडी प्रेमीको प्रेममा आउने उतारचढाप देखाइएको छ ।

निशान एसकेको निर्देशन रहेको भिडियोमा दिनेश पराजुलीको छायांकन, पदम सुवेदीको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया