घुस लिएको आरोपपछि पोखराको न्यायिक समिति सदस्य भावना श्रेष्ठको राजीनामा स्वीकृत
पोखरा । पोखरा महानगरपालिकाको न्यायिक समिति सदस्य भावना श्रेष्ठको राजीनामा स्वीकृत भएको छ । घुस लिएको आरोप लागेपछि उनले यसअघि नै राजीनामा बुझाएकी थिइन् ।
उनले पोखरा २६ विजयपुरको विवादित जग्गाको समस्या मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अडिओ सार्वजनिक भएको थियो ।
अडियो बाहिरिने बित्तिकै उनले न्यायिक समिति संयोजक मन्जुदेवी गुरुङलाई फेसबुकबाट राजीनामा पठाएकी थिइन् । उनको राजीनामा आइतबार बसेको नगरसभाले स्वीकृत गरेको हो ।
श्रेष्ठको राजीनामा स्वीकृतसँगै नयाँ सदस्य थप गर्ने प्रस्ताव पारित भएको महानगरका प्रवक्ता मोति तिमिल्सिनाले जानकारी दिए ।
‘राजीनामा सभाले स्वीकृत गरेको छ । अर्को सदस्य थप्न बाटो खुलेको छ,’ उनले भने । उनको वडा सदस्य पद भने कायम छ । जग्गाको विवाद मिलाउन उपमेयर समेतलाई पैसा दिनुपर्ने भन्दै श्रेष्ठले बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपनि त्यसबारे अनुसन्धान चाहिँ भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
-
अनुसन्धानकर्ताले बनाएर शरीरमा आफैँ लाग्ने कपडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण