नेपाल वायुसेवा निगमद्वारा पौष मसान्तसम्मको ऋण भुक्तानी
आइतबार, २९ पुस २०८०, २० : ३९
काठमाडौँ । नेपाल वायुसेवा निगमले पौष मसान्तसम्मको जहाजको ऋण भुक्तानी गरेको छ । निगमले आइतबार २०८० पौष मसान्तसम्मको जहाजको ऋण भुक्तानी गरिएको जानकारी दिएको हो ।
निगमका प्रवक्ता रमेश पौडेलले भने,‘निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबडी जहाजको २०८० पौष महिनाको किस्ताबापत पुरा र दुई वाइडबडी जहाजको आंशिक गरी मिति २०८० पौष २९ गते जम्मा ५३ करोड नौ लाख ५५ हजार २८१ रुपैयाँ रकम भुक्तानी गरेको छ ।’
निगमले हालको व्यवस्थापन समिति आएपछि ४ अर्ब ८३ करोड ५७ लाख ३१ हजार ६८७ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण