अफगानिस्तानविरुद्धको टी-२० सिरिज भारतलाई
काठमाडौँ । अफगानिस्तानविरुद्धको टी-२० सिरिज एक खेल अगावै भारतले जितेको छ । आइतबार राति भएको खेलमा भारतले ६ विकेटको जित निकाल्दै सिरिजमा २-० को अग्रता लिएको हो ।
भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । पहिले ब्याटिङ गर्दै अफगानिस्तानले भारतलाई १ सय ७३ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य भारतका यशस्वी जैसवाल र शिवम दुबेको तुफानी पारिको मद्दतले १६औँ ओभरमा पूरा गरेको थियो ।
अफगानिस्तानका ओपनरहरूले राम्रो सुरुवात दिने प्रयास गरे पनि २० रनको टिमको स्कोरमा रहमानउल्लाह गुरबाज रवि बिश्नोईको शिकार बने । गुरबाजले १४ रन बनाए । यसपछि कप्तान इब्राहिम जद्रानले पनि ८ रनको स्कोरमा आफ्नो विकेट गुमाए । अजमातुल्लाह ओमरजाई पनि खासै प्रभावशाली देखिएनन् र २ रन बनाएर शिवम दुबेको शिकार बने । एक छेउमा गुलबदिन नाइबले उत्कृष्ट अर्धशतक बनाए तर उनी पनि ५७ रनको उत्कृष्ट इनिङ्स खेलेर आउट भए । नाइबले आफ्नो पारीमा ५ चौका र ४ छक्का प्रहार गरे ।
भारतका लागि अर्शदीप सिंहले ३ तथा अक्षर पटेलले २ विकेट लिए ।
अफगानिस्तानले दिएको १७३ रनको जवाफमा भारतको सुरुवात खराब रह्यो । कप्तान रोहित शर्मा पहिलो बलमै क्लिन बोल्ड भए । तर यसपछि विराट कोहली र यशस्वी जैसवालले ५७ रनको साझेदारी गरे । विराट कोहलीले १६ बलमा ५ चौकाको मद्दतले २९ रन बनाए ।
जैसवालले तेस्रो विकेटका लागि शिवम दुबेसँग आँधीबेहरी साझेदारी गरे। उनीहरूले ४२ बलमा ९२ रन जोडे । यशस्वी जैसवालले ३४ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै ६८ रन बनाएकी थिइन् । भने शिवम दुबेले ३२ बलमा ५ चौका र ४ छक्का सहित अविजित ६३ रन बनाए । अफगानिस्तानका करिम जनतले २ विकेट लिए । भारत र अफगानिस्तानबिचको अन्तिम खेल जनवरी १७ मा बैंगलोरमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण