प्रिमियर लिग : टोटनह्याम र म्यानचेस्टरले अंक बाँडे
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र टोटनह्याम हटस्परले अंक बाँडेका छन् । आइतबार राति भएको खेलमा दुवै टिमले २–२ गोलको बराबरी खेल्दै तालिकामा एक एक अंक लिएका हुन् ।
घरेलु मैदानमा युनाइटेडले २ पटक अग्रता लिए पनि जोगाउन असफल रह्यो । रासमस होजलन्डले खेल सुरु भएको तेस्रो मिनेटमै गोल गर्दै ओल्ड ट्राफोर्डमा उपस्थित समर्थकलाई खुसी दिलाएका थिए ।
तर, १९ औं मिनेटमा रिचार्लिसनले पेड्रोको पासमा गोल गर्दै खेल बराबरीमा ल्याएपछि युनाइटेडका समर्थक स्तब्ध भएका थिए ।
४० औं मिनेटमा मार्कस रासफोर्डले होजलन्डको पासमा गोल गर्दै पुनः २–१ को अग्रता दिलाए । तर, दोस्रो हाफको सुरुमै रोड्रिगो वेन्टकुरले टिमो वार्नरको पासमा गोल गरेपछि टोटनह्यामले २–२ को बराबरीमा खेल ल्याएको थियो । त्यसपछि दुवै टोलीबाट गोल नभएपछि एक एक अंकमा चित्त बुझाए । टोटनह्याम ४० अंकसहित तालिकाको पाँचौं तथा युनाइटेड ३२ अंकसहित सातौं स्थानमा रहेको छ ।
आइतबार नै भएको अर्को खेलमा एभर्टन र एस्टन भिल्लाले पनि अंक बाँडेका छन् । एभर्टनको मैदानमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै एक एक अंक लिएका हुन् । जारी सिजनमा एस्टन भिल्ला ४३ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ भने एभर्टन १७ अंकका साथ १७ औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण