प्रिमियर लिग : टोटनह्याम र म्यानचेस्टरले अंक बाँडे

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र टोटनह्याम हटस्परले अंक बाँडेका छन् । आइतबार राति भएको खेलमा दुवै टिमले २–२ गोलको बराबरी खेल्दै तालिकामा एक एक अंक लिएका हुन् ।
घरेलु मैदानमा युनाइटेडले २ पटक अग्रता लिए पनि जोगाउन असफल रह्यो । रासमस होजलन्डले खेल सुरु भएको तेस्रो मिनेटमै गोल गर्दै ओल्ड ट्राफोर्डमा उपस्थित समर्थकलाई खुसी दिलाएका थिए ।
तर, १९ औं मिनेटमा रिचार्लिसनले पेड्रोको पासमा गोल गर्दै खेल बराबरीमा ल्याएपछि युनाइटेडका समर्थक स्तब्ध भएका थिए ।
४० औं मिनेटमा मार्कस रासफोर्डले होजलन्डको पासमा गोल गर्दै पुनः २–१ को अग्रता दिलाए । तर, दोस्रो हाफको सुरुमै रोड्रिगो वेन्टकुरले टिमो वार्नरको पासमा गोल गरेपछि टोटनह्यामले २–२ को बराबरीमा खेल ल्याएको थियो । त्यसपछि दुवै टोलीबाट गोल नभएपछि एक एक अंकमा चित्त बुझाए । टोटनह्याम ४० अंकसहित तालिकाको पाँचौं तथा युनाइटेड ३२ अंकसहित सातौं स्थानमा रहेको छ ।
आइतबार नै भएको अर्को खेलमा एभर्टन र एस्टन भिल्लाले पनि अंक बाँडेका छन् । एभर्टनको मैदानमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै एक एक अंक लिएका हुन् । जारी सिजनमा एस्टन भिल्ला ४३ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ भने एभर्टन १७ अंकका साथ १७ औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुद्ध एयरका कार्यकारी अध्यक्ष बस्नेतको ‘बाई द बुक’ विमोचन
-
यस्तो छ आइतबार बस्ने राष्ट्रियसभा बैठकको कार्यसूची
-
पाकिस्तानी प्रधानमन्त्रीद्वारा कश्मीर घटनाको विश्वसनीय र तटस्थ अन्तर्राष्ट्रिय अनुसन्धानको लागि आह्वान
-
वामदेव गौतमसँगको भेटपछि सूर्य थापा भन्छन्– प्युठानको विकासका लागि समझदारी थालेका छौँ
-
पाटन संयुक्त क्याम्पसमा स्ववियु निर्वाचन (तस्बिरहरु)
-
आर्थिक विकासका निम्ति युवावर्ग सचेत हुन आवश्यक छ : नेता कोइराला