बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१४ वर्षीया किशोरीमाथि सामुहिक बलात्कारको घटना सार्वजनिक :  ५ जना पक्राउ

सोमबार, ०१ माघ २०८०, १० : २२
सोमबार, ०१ माघ २०८०

मुगु । मुगुमा १४ वर्षीया किशोरीमाथि चार महिनाअघि सामुहिक बलात्कार भएको खुलेको छ । बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ परेका छन् भने अन्य चार जना फरार छन् । 
छायाँनाथ रारा नगरपालिका–१४ घर भई हाल गमगढी बजारमा बस्दै आएकी पीडितमाथि नगर प्रहरीका एक जवानसहित ९ जनाले सामुहिक बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ । 

प्रहरीले छायाँनाथ रारा नगरपालिका–५, कार्कीवाडाका ३० वर्षीय नगरप्रहरी बसन्तबहादुर कार्की, कृषि विकास कार्यालय गमगढीमा कार्यरत कार्यालय सहयोगी सोरु गाउँपालिका–८ का २२ वर्षीय बसन्त रोकाया लगायत १४ वर्ष मुनिका ३ जना नाबालकहरूलाई पक्राउ गरेको छ । 

बलात्कारमा संलग्न भएको आरोप लागेका कृषि विकास कार्यालयका सवारी चालक पदमबहादुर कठायत र अन्य ३ जना नाबालकहरू भने फरार रहेका छन् । 
पीडितले दिएको जाहेरीका आधारमा उनीहरूले भदौ र असोजमा गरी पटक–पटक बालिकामाथि सामुहिक बलात्कार गरेको खुलेको मुगुका प्रहरी नायव उपरीक्षक (डिएसपि) बिरेन्द्र बहादुर थापाले जानकारी दिए । 

बलात्कारपछि बालिकाको पेटमा गर्भ छ ।  पीडितले दिएको जोहरीअनुसार १० असोजमा नगर प्रहरी बसन्तबहादुर कार्कीले डेरामा आएर एकछिन काम छ भन्दै बाहिर बोलाएका थिए । डेराबाहिर आएकी बालिकालाई उनले हातमा समाएर कृषि विकास कार्यालयको भवन पु¥याएका थिए ।
त्यसपछि अनेक लालचमा पारेर नगर प्रहरी कार्की, बसन्त रोकाया र पदमबहादुर कठायतले आफूलाई करणी गरेको बालिकाको आरोप छ । प्रहरीले पक्राउ परेकाहरूविरुद्ध मुद्धा दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप