बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

आयल निगमको कार्यकारी निर्देशक बन्न १४ जनाले दिए निवेदन

सोमबार, ०१ माघ २०८०, ११ : ४९
सोमबार, ०१ माघ २०८०

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि १४ जनाले निवेदन दिएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत पुस ७ गते सूचना जारी गर्दै दरखास्त आह्वान गरेको थियो । आइतबारसम्मको म्यादमा विभिन्न क्षेत्रमा काम गरेका १४ जनाले निवेदन दिएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार मोरङका तीन जना पङ्कजकुमार दास, माधव रेग्मी र आमोदप्रसाद चौधरीले निवेदन दिएका छन् । त्यस्तै टोखा–६, काठमाडौँका दिलीप शेखर श्रेष्ठ, भीमसेन थापा गाउँपालिका–१, गोरखाका चण्डिकाप्रसाद भट्ट, लक्ष्मीपुर–८, दाङका वसन्तकुमार पाण्डे, बागलुङ नगरपालिका–९ का डोलिन्द्रप्रसाद शर्मा र ललितपुर महानगरपालिका–२४ का शत्रुध्नप्रसाद पुडासैनीले निवेदन दिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार लोहारपट्टि नगरपालिका–३, महोत्तरीका कमलेन्द्रलाल कर्ण, बुढानीलकण्ठ नगरपालिका–८, काठमाडौँका उत्तरकुमार रेग्मी, भरतपुर महानगरपालिका–१४, चितवनका डा. डोलप्रसाद चापागाईँ, टोखा नगरपालिका–८, काठमाडौँका सहदेव चन्द, धनुषाधाम–२ का रामदेव यादव र राजविराज–१३, सप्तरीका सञ्जीवकुमार श्रेष्ठले निवेदन दिएका छन् । 

आयल निगममा ०७५ यता खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक छनौट थालिएको हो । निवेदन दिएकाहरूमाथि मन्त्रालयको वाणिज्य तथा आपूर्ति सचिवको नेतृत्वमा बस्ने छनौट समितिले चयन गर्नेछ । निवेदकको अन्तरवार्ता र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणपछि अन्तिममा तीन जनाको नाम मन्त्रिपरिषद्मा पेस गर्ने र तीमध्ये एक जनालाई कार्यकारी निर्देशकको पदमा मन्त्रिपरिषद् बैठकबाट नियुक्त गर्ने प्रावधान छ । वार्षिक झन्डै तीन खर्ब रुपैयाँको कारोबार गर्ने आयल निगम देशकै सबैभन्दा धेरै रकमको कारोबार गर्ने मध्येको कम्पनी हो ।416402050_352130464424306_2714681935963567433_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप