ट्याक्सीले कारलाई ठक्कर दिँदा ११ जना घाइते
काभ्रे । काभ्रेमा ट्याक्सीले कारलाई ठक्कर दिँदा ११ जना घाइते भएका छन् । बिपी राजमार्ग अन्तर्गत पर्ने काभ्रेको रोशी गाउँपालिका वडा नम्बर–८ डिप्सा स्थित ट्याक्सीले कारलाई ठक्कर दिँदा ११ जना घाइते भएका हुन् ।
इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार दिउँसो ३:३० बजेको समयमा काठमाडौंबाट मंगलटारतर्फ जाँदै गरेको बिएए २९२५ नम्बरको कारलाई विपरीत दिशाबाट धुलिखेल तर्फ आउँदै गरेको बा२ज ३९४३ नम्बरको ट्याक्सीले ठक्कर दिएको थियो ।
दुर्घटनामा घाइते हुनेहरुमा महोत्तरी जिल्ला बर्दिबास नगरपालिका–१ बस्ने ४१ वर्षीय कार चालक मदन बहादुर तामाङ, सोही कारमा सवार काठमाडौँ सुकेधारा बस्ने ३७ वर्षीया सर्मिला तामाङ र उनका छोरा १२ वर्षीय निकेश तामाङ, छोरी ६ वर्षीय एन्जल तामाङ रहेका छन् ।
त्यस्तै ट्याक्सीका चालक काभ्रे चौरिदेउराली गाउँपालिका–५ बस्ने ३६ वर्षीय मनिज तिवारी, ३० वर्षीय लक्ष्मण तिवारी, उनका छोरा ११ वर्षीय आयुष तिवारी, सोही स्थान बस्ने २४ वर्षीय सुमन गौतम, १७ वर्षीय पवन तिवारी, २३ वर्षीय दिपेन्द्र गौतम र २२ वर्षीय सुनिल तिवारी रहेका छन् ।
दुर्घटनामा घाइते भएकाहरुको उपचार मेथिनकोट अस्पताल भकुण्डे र धुलिखेल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण