आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु
मङ्गलबार, ०२ माघ २०८०, ०६ : १०
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै हाल बङ्गलादेशको दक्षिण भूभाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ।
आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण