बारामा बालविवाह, बहुविवाह र लागु औषधको ठुलो समस्या छ : सीडीओ सापकोटा
बारा । बाराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नवराज सापकोटाले जिल्लामा लागु औषध ओसारपोसार, बालविवाह र बहुविवाहको ठुलो समस्या भएको बताएका छन् ।
करिब ११ महिना बारा सीडीओको रुपमा काम गरेका सापकोटाले डिभिजन वन कार्यालयले आयोजना गरेको बिदाइ कार्यक्रममा बालविवाह, बहुविवाह नियन्त्रण गर्न आफू निर्मम ढङ्गले लागेको बताए ।
दोस्रो विवाह गरी पहिलो श्रीमती र तिनका सन्तानलाई नागरिकताबिहीन बनाएर बिचल्ली परेकाहरूलाई आफ्नो कार्यकालमा न्याय दिएको सापकोटाको भनाइ छ ।
‘११ महिनाको कार्यकालमा मैले धेरै त्यस्ता नागरिकता विहीन महिलाको पतिलाई च्याप समातेर प्रशासनमा ल्याएर नागरिकता बनाउन लगाएको छु’, सापकोटाले भने ।
नियमित सरुवा अन्तर्गत गृह मन्त्रालयमा सरुवा भएका सापकोटाले ११ महिनाको कार्यकालमा सीमा नाका र वन जंगल अतिक्रमण भएका जग्गाहरूको निरीक्षण, वर्षौँदेखि बन्द रहेको मर्टिअर्वा र सिम्रौनगढ छोटी भन्सार कार्यालय समन्वय गरी सञ्चालनमा ल्याएको, वैशाख १० गते बारा निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गरेको, पूर्व पश्चिम राजमार्ग अन्तर्गतको दुधौरा खोलाको पुल ठेक्काको लागि ५ वर्षदेखि अलपत्र रहेको पुल निमार्णको काम अगाडी बढाएको लगायत एक दर्जन बढी मुख्य कामहरू प्रतिवेदनमा उल्लेख गरे ।
बाराको १६ वटा पालिका मध्ये सिम्रौनगढ, पचरौता नगरपालिका र आर्दशकोतवाल गाउँपालिका शान्ति सुरक्षा र सबै ढङ्गले संवेदनशील रहेको सापकोटाको टिप्पणी छ ।
प्रजिअ सापकोटाले जिल्ला प्रशासन कार्यालयमा जनशक्तिको अभाव भएकाले कामको धेरै चाप भएको गुनासो गरे । बिदाइ कार्यक्रममा उनलाई मायाको चिनो प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण