टर्कीमा सवारी दुर्घटनामा ९ जनाको मृत्यु, ३० घाइते
मङ्गलबार, ०२ माघ २०८०, १८ : ०८

काठमाडौँ । टर्कीको दक्षिणी मेर्सिन प्रान्तमा भएको सडक दुर्घटनामा कम्तीमा ९ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् ।
मुग्ला प्रान्तको दक्षिणपश्चिमी मारमारिस जिल्लाबाट मार्डिन प्रान्ततर्फ जाँदै गरेको यात्रुवाहक बस डि–४०० राजमार्गमा रहेको मर्सिनको येनिकास छिमेकी नजिकै एउटा ब्यारियरमा ठोक्किएर पल्टिएको हो । घाइतेहरूलाई एम्बुलेन्सद्वारा अस्पतालमा लगिएको छ ।
४० यात्रु बोकेको यात्रुवाहक बस सुरुङबाट बाहिर निस्कँदा चालकले स्टेयरिङ ह्वीलमाथि नियन्त्रण गुमाउँदा खाल्डोमा पल्टिएको मर्सिन प्रान्तका गभर्नर अली हम्जा पहलिभानले बताए । गभर्नरले वर्षाको मौसमका कारण चिसो सडकले दुर्घटनामा प्रमुख भूमिका खेलेको बताए ।-सिन्ह्वा न्युज/एजेन्सी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
-
चैते धानले उचित मूल्य नपाएको गुनासोपछि कृषि र उद्योगमन्त्रीबिच छलफल, आवश्यक पहल गर्ने निर्णय
-
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्चको अल्पकालीन अन्तरिम आदेश
-
भारतको पटाका फ्याक्ट्रीमा भीषण विस्फोट : ४ महिलाको मृत्यु, ९ घाइते
-
अर्थमन्त्री पौडेलले संसद्मा दिएको जवाफमा सांसद बस्नेत असन्तुष्ट
-
राष्ट्रपतिबाट जलविद्युत परियोजनाबारे चासो