टर्कीमा सवारी दुर्घटनामा ९ जनाको मृत्यु, ३० घाइते
मङ्गलबार, ०२ माघ २०८०, १८ : ०८
काठमाडौँ । टर्कीको दक्षिणी मेर्सिन प्रान्तमा भएको सडक दुर्घटनामा कम्तीमा ९ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् ।
मुग्ला प्रान्तको दक्षिणपश्चिमी मारमारिस जिल्लाबाट मार्डिन प्रान्ततर्फ जाँदै गरेको यात्रुवाहक बस डि–४०० राजमार्गमा रहेको मर्सिनको येनिकास छिमेकी नजिकै एउटा ब्यारियरमा ठोक्किएर पल्टिएको हो । घाइतेहरूलाई एम्बुलेन्सद्वारा अस्पतालमा लगिएको छ ।
४० यात्रु बोकेको यात्रुवाहक बस सुरुङबाट बाहिर निस्कँदा चालकले स्टेयरिङ ह्वीलमाथि नियन्त्रण गुमाउँदा खाल्डोमा पल्टिएको मर्सिन प्रान्तका गभर्नर अली हम्जा पहलिभानले बताए । गभर्नरले वर्षाको मौसमका कारण चिसो सडकले दुर्घटनामा प्रमुख भूमिका खेलेको बताए ।-सिन्ह्वा न्युज/एजेन्सी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण