विमानस्थल भन्सारमा इन्स्पेक्टरको कमान्डमा ३१ जना सशस्त्रको टोली परिचालित
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार चेकजाँचमा इन्स्पेक्टरको कमान्डमा ३१ जना सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । अर्थ मन्त्रालयको आग्रहमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सार चेकजाँचमा सशस्त्र प्रहरी परिचालन गर्ने निर्णय गरेका हुन् ।
पुस २६ मा उपप्रधानमन्त्री श्रेष्ठले सो निर्णय गरेका हुन् । माघ १ बाट सशस्त्र प्रहरी प्रधान कार्यालयबाट इन्स्पेक्टरको कमान्डमा टिम परिचालन भएको प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले रातोपाटीलाई बताए ।
अर्थमन्त्री प्रकाश शरण महतले पुस १७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको सुरक्षा संवेदनशीलता र बढ्दो चुनौतीका कारण सशस्त्र प्रहरी परिचालन गरिदिन आग्रह गरेका थिए । अर्थको आग्रह अनुसार गृह मन्त्रालयले सो निर्णय गरेको हो ।
भन्सार चेकजाँचमा खटिने सशस्त्रको टिम प्रमुख भन्सार प्रशासकको पूर्ण नियन्त्रण र निर्देशनमा परिचालित हुने निर्णय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण