शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घट्यो

बुधबार, ०३ माघ २०८०, ११ : ४१
बुधबार, ०३ माघ २०८०

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकै दिन १२ सय रुपैयाँले घटेर १ लाख १८ हजार २ सय रुपैयाँ कायम भएको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा १२ सय रुपैयाँले नै घट्दै १ लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य आज तोलामा १५ रुपैयाँले घट्दै १ हजार ४ सय रुपैयाँमा झरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप