विद्यालय शिक्षा विधेयक संशोधन मात्रै कि पुनर्लेखन हुन्छ ?
काठमाडौँ । शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले विद्यालय शिक्षा विधेयकमाथि पुनर्लेखन कि संशोधन मात्रै हो भन्दै प्रश्न गरेका छन्। संसद्को शिक्षा समितिमा विधेयकबारे आफ्नो धारणा राख्दै कोइरालाले विधेयक संशोधन मात्रै कि पुनर्लेखन समेत हुने हो भन्दै प्रश्न गरेका हुन्।
'मेरो पहिलो प्रश्न यो समितिले विधेयकमा संशोधन मात्रै गर्ने हो कि पुनर्लेखन नै गर्ने ल्याकत राख्छ। विधेयक संशोधन गर्ने मात्रै भए सुझाव राख्नु बेकार हो, पुनर्लेखन नै गर्ने भए कुरा गरौँ'– उनले भने।
उनले ऐन बनाउने कि मापदण्ड मात्र बनाउने भन्ने विषयमा स्पष्ट हुनुपर्ने बताए। 'प्रस्तावनामा दर्शन के हुने त्यो पनि राख्नुपर्छ। सिद्धान्तको बारेमा पनि सोच्नुपर्ने हुन्छ। सिद्धान्तलाई कुन रूपमा लैजाने त्यो जोड्नुपर्ला' उनले भने।
विद्यार्थीलाई पढाउनको लागि साँच्चै शिक्षक कस्तो हुने भन्ने विषयमा समेत स्पष्ट हुनुपर्ने उनले बताए। शिक्षकलाई तयार गर्ने डिजाइन के हो ? यी विषय समेत विधेयकमा राख्नुपर्ने बताएका हुन्।
शिक्षकलाई सपोर्ट गर्ने धेरै कुराहरू आएको तर, सुविधा दिने विषयमा समेत सोच्नुपर्ने भन्दै उनले शिक्षाको लगानीका विषयमा समेत विधेयकमै स्पष्ट राख्नुपर्ने बताए।
'२० प्रतिशत गर्नुपर्छ भनेर भनिरहेका छौँ । तर, त्यसो हुन सकेको छैन। प्रदेशले यति खर्च गर्ने, स्थानीय तहले यति गर्ने भनेर किटानी नै गर्नुपर्छ' उनले भने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण