२०४ बोरा अवैध प्याज बरामद
बुधबार, ०३ माघ २०८०, १५ : ०४
सिराहा । प्रहरीले सिराहाबाट २०४ बोरा अवैध प्याज बोकेको ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाको टोलीले मंगलबार राति २ बजे सिराहाको लहानबाट काठमाडौँतर्फ लैजाँदै गरेको अवस्थामा मुसहरिया सडक खण्डमा उक्त प्याजसहित ट्रक चालकलाई नियन्त्रणमा लिएको हो । बरामद प्याज ४ लाख ८ हजार मूल्य बराबर रहेको प्रहरीले जनाएको छ ।
प्याजसहित प्र १–०२–००१ ख ९१६१ नम्बरको ट्रक र त्यसका चालक उदयपुर कटारीका २६ वर्षका राजेश कटुवाल पनि पक्राउ परेका छन् । बरामद प्याजसहित कटुवाललाई सवारी साधन राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी उपरीक्षक रबिन्द्रराज पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण