बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

विभागीय पुलिससँग हार्‍यो पाहुना टोली श्रीलंका

बुधबार, ०३ माघ २०८०, १५ : ०८
बुधबार, ०३ माघ २०८०

पोखरा ।  पोखरामा जारी टाइगर कप भलिबलमा पुरुषतर्फ श्रीलंकाको आर्मी टिमलाई नेपाल पुलिस क्लबले पराजित गरेको छ । शनिवार पोखरा रंगशालामा भएको खेलमा पुलिसले ३-१ सेटको जित निकालेको हो । 

कडा प्रतिस्पर्धाबीच पहिलो सेट ४१(३९ स्कोर सहित अग्रता लिएको पुलिसले दोस्रो सेट १३(२५ ले गुमायो । तेस्रो सेट २५-२० र चौथो २५(१७ स्कोरले पराजित गरेको हो । प्रतियोगितामा पुलिस क्लबका रविन चन्द टाइगर अफ म्याच घोषित भए । 

समूह ‘बी’मा रहेको नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब र श्रीलंका आर्मीको समान ३र३ अङ्क  छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप