‘भूल भुलैया ३’ मा विद्या बालनको इन्ट्री पक्का
नयाँ दिल्ली । गएको वर्ष ठूलो पर्दा र ओटीटीमा कार्तिक आर्यनको भूल भुलैया २ निकै हिट रह्यो । फिल्ममा कार्तिक आर्यनको जोडीको रुपमा कियारा आणवाणी देखिएकी थिइन् । साथमा तब्बु, राजपाल यादवलगायत कलाकारको पनि मुख्य भूमिका थियो । फिल्मको अर्को सिक्वेल भूल भुलैया ३ आउँदैछ ।
यो वर्ष फिल्म हलमा भूल भुलैया ३ हेर्न पाइनेछ । फिल्मको सुटिङ मार्चमा शुरु हुने बताइएको छ । फिल्ममा हिरोको रुपमा कर्तिक आर्यन नै देखिनेछन् । निर्देशक अनीस बज्मीको निर्देशनमा बन्न लागेको यो फिल्म अघिल्ला फ्रेन्चाइजी भन्दा धेरै रोमाञ्चक हुने बताइएको छ । फिल्ममा कयौं ट्विष्ट पनि हुने अनुमान गरिएको छ ।
पछिल्लो खबरका अनुसार विद्या बालन पनि यस फिल्मको हिस्सा बन्नेछिन् । फिल्ममा उनी मञ्जुलिकाकै रुपमा फर्किने बताइएको छ । सन् २००७ मा भूल भुलैयामा अक्षय कुमार, विद्या बालन र शाइनी अहुजाको दमदार अभिनय देखिएको थियो ।
भूल भुलैया ३ को हिरोइन भने अहिलेसम्म घोषणा भइसकेको छैन । केही खबरका अनुसार सारा अली खानलाई कार्तिकको साथमा देख्न पाइनेछ । तर मेकरहरुले हिरोइनका लागि केही अभिनेत्रीहरुसँग कुराकानी गरिरहेको बताइएको छ । अहिलेसम्म हिरोइनको नाम फाइनल भइसकेको छैन ।
मेकरहरुले विद्या बालनको अगाडि टिक्न सक्ने अभिनेत्री खोजिरहेको बताइएको छ । सबै कुरा सही भयो भने फेब्रुअरीसम्म फिल्मको फिमेल लिड भेटिन सक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण