केपी ओली कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण फागुनमा
काठमाडौँ । ‘केपी ओली कप फुटबल प्रतियोगिता’ को दोस्रो संस्करण आगामी फागुनमा आयोजना हुने भएको छ । प्रतियोगिताको आयोजक राष्ट्रिय युवा संघ नेपालले बुधबार पत्रकारसम्मेलनमार्फत प्रतियोगिता फागुन ११ देखि १९ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो ।
प्रतियोगिताको फाइनलवाहेकका खेलहरु च्यालस मैदानमा खेलाइने छ । प्रतियोगिताको फाइनल खेल भने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाइने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालको ‘ए’ डिभिजन क्लबका अतिरिक्त विदेश टोलीको समेत सहभागिता रहने छ ।
प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टोलीले ११ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । दोस्रो हुने टोलीले पाँच लाख रुपैयाँ पुरस्कार हात पार्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पनि एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई पनि जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने । हरेक खेलको म्यान अफ दी म्याचले पनि १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
यसका अतिरिक्त हरेक खेलको विजेता टोलीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक कमिटी र विभिन्न उपसमिति गठन गरिएको पनि राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रतियोगिताको पहिलो संस्करण २०७९ सालमा आयोजना भएको थियो । उक्त प्रतियोगितामा मच्छिन्द्र क्लब पहिलो र सातदोबाटो यूथ क्लब दोस्रो भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम
-
‘स्वस्थ शिशु प्रतिस्पर्धा’ हुँदै, दरखास्त फाराम खुल्यो
-
म्यानचेस्टर सिटीमा आबद्ध भए एन्डरसन, पाँच वर्षको सम्झौतामा हस्ताक्षर
-
लोनमा एस्टन भिल्ला पुगे चेल्सीका विङ्गर गार्नाचो
-
मिटरब्याज सम्बन्धी लिखत अवैध घोषणा: पीडितलाई न्यायको आशासँगै कानुनी जटिलताको चाङ
-
मोड्रिच थप एक वर्ष एसी मिलानमै रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण