भरतपुरमा महसुस हुने गरी विकास भएको छ : प्रमुख दाहाल
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा महसुस हुने गरी विकास भएको बताएकी छन् । हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालय भरतपुर १३ को ४४ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुरमा जनताले आफै महसुस हुने गरी विकास भएको उल्लेख गरेकी हुन् ।
‘हामीले बोलेका कुरा पुरा गरेका हौँ,’ उनले भनिन्, ‘हामीले भरतपुरमा विकास भयो भन्नुपर्दैन । भरतपुरवासीले महसुस भएको कुरा आफै भनिरहनु भएको छ । यसमा हामीलाई गर्व छ ।’
प्रमुख दाहालले भरतपुरमा सडक पूर्वाधारको विकास नभई सबै क्षेत्रमा समानुपातिक विकास भएको प्रस्ट पारिन् । अन्य ठाउँबाट भरतपुर आउने व्यक्तित्वहरूले भरतपुरमा भइरहेको विकासलाई मुक्तकण्ठले प्रशंसा गर्ने गरेकाले यस विषयमा सन्तुष्ट रहेको उनको भनाई छ ।
भरतपुरको शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कृषिलगायतको क्षेत्रमा अनुभूति हुने गरी विकास भएको भरतपुर जनताले खुलेरै भन्ने गरेको उनले दाबी गरिन् । ‘सत्य कुरा लुक्दैन,’ उनले भने, ‘भरतपुरको विकास पहिलाको अवस्था के थियो र अहिले कस्तो भएको छ । यो कुरा घाम जस्तै छर्लङ्ग छ ।’
प्रमुख दाहालले भरतपुरका सामुदायिक विद्यालयमा ६ वर्षको अवधिमा ८ हजार विद्यार्थी बढ्नु शिक्षा क्षेत्रमा भएको ठुलो उपलब्धि भएको धारणा राखिन् । नेपाल सरकारको शिक्षा मन्त्रालयले प्रकाशित गरेको नमुना विद्यायको नतिजामा भरतपुरका धेरै विद्यालयहरू समावेश हुनु यहाँ भएको शैक्षिक विकासलाई प्रस्ट पारेको उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण