कतार एएफसी कपको राउन्ड अफ १६ मा
काठमाडौँ । एएफसी एसियन कप फुटबलको डिफेन्डिङ च्याम्पियन कतारले राउन्ड अफ (सिक्सटीन) १६ मा स्थान पक्का गरेको छ । घरेलु टोली कतारले लगातार दोस्रो जित निकाल्दै समूह ए बाट अन्तिम १६ मा एक खेल अगावै स्थान बनाउन सफल भएको हो ।
कतारको अङ्क तालिकामा ६ अङ्क रहेको छ भने चीनको २ अङ्क छ ।यसैगरी ताजकिस्तान र लेवनान एक एक अङ्कसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन् । सबैले समूह चरणको अन्तिम खेल खेल्न बाँकी छ ।
बुधबार राति कतारले ताजकिस्तानमाथि १–० गोल अन्तरको जित निकालेको हो । कतारले पहिलो हाफको १७ औँ मिनेटमा अल्मोएज अलीको पासमा अकरम अफिफले गोल गरेपछि अग्रता लिएको थियो । उक्त अग्रता अन्तिमसम्म जोगाउँदै स्पष्ट ३ अङ्कका साथ अन्तिम १६ मा स्थान पक्का गर्ने पहिलो टिम पनि कतार बनेको छ ।
यही समूहमा रहेका चीन र लेबनानले बुधबार नै बराबरी खेल्दै अङ्क बाडेका थिए । अब समूह चरणको अन्तिम खेलमा घरेलु टोली कतारले चीनसँग र लेबनानले ताजकिस्तानसँग खेल्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण