एभर्टनले क्रिस्टल प्यालेसलाई हरायो : एफए कपको चौथो चरणको समीकरण पूरा
काठमाडौँ । एभर्टन एफए कप फुटबल प्रतियोगिताको चौथो चरणमा पुगेको छ । एभर्टन बिहीबार सम्पन्न खेलमा क्रिस्टल प्यालेसमाथि १–० गोलको प्रतिस्पर्धात्मक जित हासिल गर्दै प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेको हो ।
घरेलु मैदानमा खेलिएको खेलमा एभर्टनका लागि निर्धारित समयको ४२औँ मिनेटमा आन्द्रे गोमेजले निर्णायक गोल गरेका थिए । गोमेजले फ्रिकिकमार्फत आकर्षक गोल गरेका हुन् । उनले करिब २५ यार्ड टाढाबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो ।
यसैगरी नटिङ्घम प्यालेस पनि ब्ल्याकपुलमाथि ३–२ गोलको प्रतिस्पर्धात्मक जित हासिल गर्दै प्रतियोगिताको चौथो चरणमा पुगेको छ । नर्विच सिटी भने ब्रिस्टल रोभर्समाथि ३–१ गोलको सजिलो जित हात पार्दै चौथो चरणमा पुग्न सफल भयो ।
एफए कपको चौथो चरणको समिकरण पनि पूरा भएको छ । प्रतियोगिताको चौथो चरणमा म्यानचेस्टर सिटीले टोट्टनहामको र म्यानचेस्टर युनाइटेडले न्युपोर्ट काउन्टीको सामना गर्नेछन् । चेल्सीले भने चौथो चरणमा एस्टन भिल्लालाई प्रतिद्वन्द्वीका रुपमा पाएको छ ।
चौथो चरणको अन्य खेलमा बर्नमाउथले स्वान्सी सिटीको, ब्रिस्टल सिटीले नटिङ्घम फरेष्टको, सेफिल्ड वेडनसडेले कोभेन्ट्री सिटीको, ईप्सविच टाउनले मेडस्टोन युनाइटेडको, लेस्टर सिटीले बर्मिङ्घम सिटीको र लिड्स युनाइटेडले प्लेमाउथको सामना गर्नेछन् ।
यसैगरी एभर्टनले भने चौथो चरणमा लुटन टाउनको सामना गर्नेछ । सेफिल्ड युनाइटेडले ब्राइटनको, फुलहामले न्युक्यासल युनाइटेडको, वेस्ट ब्रोमविचले उल्भरह्याम्पटनको, वाटफोर्डले साउथ एम्पटनको, लिभरपुलले नर्विच सिटीको र ब्ल्याकबर्न रोभर्सले रेक्सह्यामको सामना गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण