मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

अनमोल बिरामी परेपछि रोकियो ‘फर्की फर्की’ को छायांकन

बिहीबार, ०४ माघ २०८०, १२ : ५३
बिहीबार, ०४ माघ २०८०

काठमाडौँ । फिल्म ‘फर्की फर्की’को बिहीबारको छायांकन रोकिएको छ । अभिनेता अनमोल केसी बिरामी परेको कारण फिल्मको आजको छायांकन रोकिएको हो ।

फिल्ममा निर्माता रोहित अधिकारीले फिल्मको आजको छायांकन रोकिएको जानकारी दिए । ‘खासै ठुलो केही भएको छैन । अभिनेता अनमोलले आज एक दिन पनि थप रेष्ट मागेकोले सुटिङ रोकिएको हो’, निर्माता अधिकारीले भने । केही दिन अगाडि लगातार तीन दिन फिल्मको सुटिङ भएकोले अनमोलले बुधबार रेष्ट मागेको थिए ।’ तर बिहीबार फिल्मको सुटिङ राखिएको थियो । अनमोलले आफूलाई सन्चो नभएको भन्दै थप एक दिन रेष्ट मागेकाले सुटिङ रोकिएको हो । अहिलेको मौसम ठिक नभएकोले पनि सुटिङ रोकेर रेष्ट दिएको अधिकारीको भनाइ छ ।

फिल्म उपत्यका बाहिरको छायांकन सकेर केही अगाडि काठमाडौँ भित्रिएको हो । सुयोग गुरुङको निर्देशन रहेको फिल्ममा अनमोलको अलवा जसिता गुरुङ, माओत्से गुरुङ, नव–कलाकारद्वय रवि काफ्ले, समृद्धि अर्याल, प्रेम पाण्डे लगायतको अभिनय रहनेछ । अनमोल र जसिता पहिलो पटक यसै फिल्म मार्फत एकसाथ देखिन लागेका हुन् ।

प्रेमकथामा बन्न लागेको फिल्मको कथा निर्माता अधिकारीले नै तयार पारेका हुन् । ओमप्रकाश अग्रवाल समेत निर्माता रहेको फिल्ममा सह–निर्मातामा मनोज वली र राम न्यौपाने रहेका छन् । नरेन्द्र मैनालीको छायाङ्कन, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत रहेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व छ ।

‘गाजलु’ र ‘छ माया छपक्कै’ जस्ता फिल्म निर्माण गरेका अधिकारीको ‘फर्की फर्की’ काठमाडौंमा काफिया फिल्मस् र मोफसलमा कुबेर फिल्मस्ले वितरण गर्नेछ । फिल्मको अन्तर्राष्ट्रिय वितरकको रूपमा एमएसएम इन्टरटेन्मेन्ट जोडिएको छ । शंकर पाण्डे फिल्मका प्रोडक्सन म्यानेजर रहेको फिल्मको रिलिज नयाँ वर्षको जेठमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप