बैंकको निक्षेप एकैदिन २६ अर्बले बढ्यो, कूल निक्षेप ६१ खर्ब ३० अर्ब पुग्यो
काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा संकलित निक्षेपको आकार ६१ खर्ब ३० अर्ब पुगेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म अर्थात् १४ जनवरी, २०२४ सम्ममा बैंकहरुको निक्षेप ६१ खर्ब ३० अर्ब रुपैयाँ पुगेको हो ।
पुस २८ गते ६१ खर्ब ४ अर्ब रुपैयाँ बराबर निक्षेप रहेकोमा भोलिपल्ट अर्थात् एकैदिन २६ अर्ब रुपैयाँले बढेको छ ।
यस्तै समीक्षा अवधिमा यता बैंकहरुको कर्जा लगानी समेत बढेर ५० खर्ब ८६ अर्ब रुपैयाँ पुगेको केन्द्रीय बैंकले जनाएको छ । पुस २८ गतेसम्म कूल ५० खर्ब ५९ अर्ब कर्जा लगानी गरेका बैंक तथा वित्तीय संस्थाहरुले पुस २९ गते नै २७ अर्ब रुपैयाँले कर्जा लगानी विस्तार गरेका हुन् ।
कूल लगानीमध्ये ४४ खर्ब ९९ अर्ब रुपैयाँ २० वटा वाणिज्य बैंकहरुले लगानी गरेका छन् भने बाँकी ५ खर्ब ८७ अर्ब रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थाहरुले गरेका छन् ।
पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले जम्मा ८०.२६ प्रतिशत सीडी रेसियो (कर्जा निक्षेप अनुपात) कायम गरेका छन् । मौद्रिक नीति अनुसार केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ९० प्रतिशतको सीमा दिएको छ ।
तथ्यांक हेर्दा अझैँ बैंक तथा वित्तीय संस्थाहरुसँग ६ खर्बमाथि लगानीयोग्य पुँजी (तरलता) रहेको बुझिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण