एएफसी एसिया कपमा भारत पराजित
काठमाडौँ । एएफसी एसिया कप फुटबलमा भारत पराजित भएको छ । बिहीबार राति भएको खेलमा भारत उज्वेकिस्तानसँग ३–० गोल अन्तरले पराजित भएको हो । भारतविरुद्ध फिफा वरियतामा धेरै माथि रहेको उज्वेकिस्तानले पहिलो हाफमै ३ गोल गरेको हो । दोस्रो हाफमा भने खेल प्रतिस्पर्धात्मक भए पनि गोल निस्किएन ।
उज्वेकिस्तानले चौथो मिनेटमै अग्रता लिएको थियो । उसका लागि उब्बोस्बेक फेजुल्लेबले गोल गरेका थिए । इगोर सेरभेभले १८ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए ।
पहिलो हाफको अतिरिक्त चौथो मिनेटमा शेरजोद नसरुल्लाएवले गोल गरेपछि उज्वेकिस्तान पहिलो हाफमै ३–० को सहज अवस्थामा पुगेको थियो ।
समूह बीबाट अस्ट्रेलिया शीर्ष स्थानमा रहँदै एक खेल अगावै अन्तिम १६ मा प्रवेश गरेको छ । अस्ट्रेलियाले सिरियालाई पराजित गरेको थियो । यसैगरी उज्वेकिस्तान ४ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ । सिरिया १ अङ्कका साथ तेस्रो स्थानमा रहँदा भारत भने लगातार दोस्रो हार व्यहोर्दै अङ्क विहीन अवस्थामा पुछारमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण