एकीकृत समाजवादीको केन्द्रीय परिषद्मा सहभागी हुने नेतालाई दुई बुँदे निर्देशन
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को आसन्न दोस्रो केन्द्रीय परिषद् बैठकमा सहभागी हुने नेताहरूले दुई बुँदे निर्देशन पालना गर्नुपर्ने भएको छ । महासचिव घनश्याम भुसालले शुक्रवार सूचना जारी गर्दै यही माघ १४ र १५ गते हुने परिषद् बैठकमा सहभागी हुने नेताहरूका लागि पालना गर्नुपर्ने विषयका बारेमा दुई बुँदे सूचना जारी गरेका हुन् । महासचिव भुसालले जारी गरेको सूचनामा केन्द्रीय परिषद् बैठकमा सहभागी हुन आउने सबै नेताहरूले पार्टी सदस्यता अनिवार्य नवीकरण गरेको हुनुपर्ने भनिएको छ । त्यस्तै परिषद् बैठकमा सहभागिताका लागि केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटी, लगायतका कमिटीमा रहेका नेताहरूले समयमै आफ्नो कार्यक्षेत्रका केन्द्रीय परिषद् सदस्यहरूलाई बैठकबारे जानकारी गराउनुपर्नेछ ।
परिषद् बैठकमा विधान संशोधन मस्यौदाबारे छलफल हुनेछ । त्यसका लागि सो पार्टीले तयार पारेको विधान संशोधन मस्यौदामाथि सुझाव संकलन गर्न जिल्ला तहमा पठाएको छ । जिल्ला तहका कार्यकर्ताको सुझाव समेत समेटेर एकीकृत मस्यौदा परिषदमा पेस गरिनेछ । केन्द्रीय परिषद् बैठकले पारित गरेको विधान मस्यौदा आगामी जेठमा हुने राष्ट्रिय महाधिवेशनले अनुमोदन गर्नेछ ।
परिषद् बैठकमा पार्टी केन्द्रीय कमिटी, आयोग, प्रदेश कमिटी, जिल्ला कमिटी अध्यक्षहरू, प्रदेशमा मनोनीत, भ्रातृ संगठनका पदाधिकारीसहित एक हजार २ सय बढी प्रतिनिधि सहभागी हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । परिषद् बैठक काठमाडौँ उपत्यकामा आयोजना गरिए पनि बैठक स्थल तय भैनसकेको सो पार्टीका नेताहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण