एकीकृत समाजवादीको केन्द्रीय परिषद्मा सहभागी हुने नेतालाई दुई बुँदे निर्देशन
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को आसन्न दोस्रो केन्द्रीय परिषद् बैठकमा सहभागी हुने नेताहरूले दुई बुँदे निर्देशन पालना गर्नुपर्ने भएको छ । महासचिव घनश्याम भुसालले शुक्रवार सूचना जारी गर्दै यही माघ १४ र १५ गते हुने परिषद् बैठकमा सहभागी हुने नेताहरूका लागि पालना गर्नुपर्ने विषयका बारेमा दुई बुँदे सूचना जारी गरेका हुन् । महासचिव भुसालले जारी गरेको सूचनामा केन्द्रीय परिषद् बैठकमा सहभागी हुन आउने सबै नेताहरूले पार्टी सदस्यता अनिवार्य नवीकरण गरेको हुनुपर्ने भनिएको छ । त्यस्तै परिषद् बैठकमा सहभागिताका लागि केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटी, लगायतका कमिटीमा रहेका नेताहरूले समयमै आफ्नो कार्यक्षेत्रका केन्द्रीय परिषद् सदस्यहरूलाई बैठकबारे जानकारी गराउनुपर्नेछ ।
परिषद् बैठकमा विधान संशोधन मस्यौदाबारे छलफल हुनेछ । त्यसका लागि सो पार्टीले तयार पारेको विधान संशोधन मस्यौदामाथि सुझाव संकलन गर्न जिल्ला तहमा पठाएको छ । जिल्ला तहका कार्यकर्ताको सुझाव समेत समेटेर एकीकृत मस्यौदा परिषदमा पेस गरिनेछ । केन्द्रीय परिषद् बैठकले पारित गरेको विधान मस्यौदा आगामी जेठमा हुने राष्ट्रिय महाधिवेशनले अनुमोदन गर्नेछ ।
परिषद् बैठकमा पार्टी केन्द्रीय कमिटी, आयोग, प्रदेश कमिटी, जिल्ला कमिटी अध्यक्षहरू, प्रदेशमा मनोनीत, भ्रातृ संगठनका पदाधिकारीसहित एक हजार २ सय बढी प्रतिनिधि सहभागी हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । परिषद् बैठक काठमाडौँ उपत्यकामा आयोजना गरिए पनि बैठक स्थल तय भैनसकेको सो पार्टीका नेताहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमेडी च्याम्पियनमा पूर्वराजाको प्रस्तुतिले चर्चामा प्रेम
-
रास्वपाको झन्डा र ब्याच बागमती नदीमा सेलाउँछु भन्ने को हुन् ?
-
कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
-
वैशाख ३१ मा बागमती प्रदेश अधिवेशन बोलाउन दलहरू सहमत
-
डीभीको नजिता भोलि आउने
-
वैदेशिक रोजगारीमा रहेकालाई ९ प्रतिशत ब्याजदरमा लगानी गर्ने अवसर