लगानी सम्मेलन रोमान्सका लागि गरेजस्तै भयो : स्वतन्त्र सांसद
धनगढी । सुदूरपश्चिम प्रदेशका स्वतन्त्र प्रदेशसभा सदस्य डा.तारा जोशीले प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनलाई रोमान्स सम्मेलनको टिप्पणी गरेका छन् ।
आजदेखि सुरु भएको प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य जोशीले आउँदो वैशाखमा केन्द्र सरकारले लगानी सम्मेलन गरिरहेको अवस्थामा फागुनमा प्रदेश सरकारले रोमान्स सम्मेलन गरिरहेको टिप्पणी गरेका हुन् ।
उनले भने, ‘केन्द्र सरकारले पनि वैशाखमा गर्दैछ । यहाँ पनि लगानी सम्मेलन हुँदैछ । यी दुईवटा सम्मेलनले के परिमाण ल्याउँछ । यहाँ गर्न लागेको कुरा केन्द्र सरकारसँग शो केसिङ्ग गर्न सकिँदैन ? केन्द्र सरकारसँग समन्वय नै भएन । तपाईंहरुले रोमान्सका लागि लगानी सम्मेलन गर्न जस्तो भयो । अहिले विरोध गर्दा अवरोध गरेजस्तो होला । तर यसको आधार के–के हो ? दुई वर्ष अगाडि पनि गर्ने, अहिले पनि गर्ने ।’
साथै उनले लगानी सम्मेलन संसदको अधिवेशन जस्तो नभएको बताउँदै लगानीकर्ताले मुख्यमन्त्री वा सांसदको मुख हेरेर लगानी नगर्ने बताए । लगानीकर्ताले हाम्रो युनिभर्सिटी, शिक्षा प्रणाली, उत्पादन हुने जनशक्ति, लगानीका पूर्वाधारका साथै उपभोक्ता समेत हेर्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण