‘एक्टर’बाट फिल्ममा कमब्याक गर्दै राजवल्लभ
काठमाडौँ । पछिल्लो समय कलाकारको फिल्ममा कमब्याक बाक्लिँदैछ । यस्तैमा अभिनेता राजवल्लभ कोइराला पनि अभिनयमा कमब्याक गर्ने भएका छन् । अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहने फिल्म ‘एक्टर’ बाट उनले कमब्याक गर्ने भएका हुन् ।
निर्माण पक्षले ‘एक्टर’ फिल्मका लागि कोइराला फाइनल भएको जानकारी गराएको छ । फिल्मका लागि यसअघि प्रदीप खड्का र आना शर्मा छानिएका थिए । ‘पर्खि बसेँ’ फिल्मबाट फिल्म अभिनयमा भित्रिएका कोइराला ‘हाइवे टू धम्पुस’ को छायांकनपछि अमेरिका हराएका थिए ।
एक्टर राजन भुसालको निर्देशन रहने फिल्म हो । थमनकुमार भण्डारीको लगानी रहने फिल्ममा अदृत फिल्मस्को प्रस्तुतिमा निर्माण हुन लागेको हो । फिल्मको सह–निर्मातामा एनिस भुसाल र सार्थक केसी रहेका छन् ।
छिट्टै छायाँकन हुने बताइएको फिल्म सन् २०२५ भित्र रिलिज हुनेछ । फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण