शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

उच्च शिक्षा अध्ययनको विषय राज्यको प्राथमिकतामा परेन : सांसद पौडेल

शुक्रबार, ०५ माघ २०८०, १८ : २१
शुक्रबार, ०५ माघ २०८०

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विश्व विद्यालयलाई राजनीतिक भागबण्डाका आधारमा चलाउनु नहुने बताएका छन् । 

शुक्रबार नेपाल विद्यार्थी संघले काठमाडौँमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै सांसद पौडेलले यस्तो बताएका हुन् । उनले विश्व विद्यालय कुनै राजनीतिक दलको भागबण्डाको आधारमा चलाउनु गलत भएको बताए । उनले विश्व विद्यालयको स्वच्छ प्रतिष्पर्धाको आधारमा सरकारले नियुक्त गर्नुपर्नेमा जोड दिए । उनले विश्वविद्यालयको वर्तमान अवस्थालाई सम्हाल्न सक्ने र बुझ्नसक्ने एवं विश्वविद्यालयमा सुशासन कायम राख्नसक्ने व्यक्तिलाई सरकारले छनोट गर्न आवश्यक रहेको बताए । 

नेता पौडेलले उच्च शिक्षा अध्ययनको विषय राज्यको प्राथमिकतामा पर्न छोडेको बताए । उनले नेपाललाई कुन क्षेत्रमा कति जनशक्ति आवश्यक हो ? भन्ने विषयमा सरकार स्पष्ट हुन आवश्यक रहेको बताए । उनले नेपाली समाजलाई कस्तो बनाउने भन्नेमा समेत सरकार प्रष्ट नभएको बताए । उनले अमेरिकामा अध्ययन र अनुसन्धानको लागि कुल बजेटको ७ प्रतिशत छुट्याउने गरेको उदाहरण दिँदै उनले नेपालले अध्ययन र अनुसन्धानको निम्ति १ प्रतिशत पनि बजेट नछुट्याएको गुनासो गरे । उनले अध्ययन र अनुसन्धान सरकारको प्राथमिकतामा नपरेको बताए । उनले अनुसन्धान विश्व विद्यालय उच्च शिक्षासँग जोडिएको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप