होटल स्क्वायरका संचालकविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ । ललितपुरको होटल स्क्वायरका संचालकविरुद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ पुर्जी जारी भएको छ ।
ललितपुर महानगरपालिका वडा नम्बर–३ मा संचालित होटल स्क्वायरको स्विमिङ पुलमा पौडी खेल्दा मानभवनका सजिलमान शाक्य गम्भीर घाइते भएका थिए । भदौ १४ मा घाइते भएका उनी अहिले पनि अचेत अवस्थामा छन् ।
पीडितका परिवारले दिएको जाहेरी दर्ता गरेर घटना अनुसन्धान भइरहेको ललितपुरका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए । उनले भने,‘ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता गरेर कानुनी प्रक्रिया अघि बढाएका छौँ ।’
ललितपुर जिल्ला अदालतबाट होटलकी प्रबन्ध निर्देशक रोमी अर्याल र उनकी सासु ललिता भण्डारीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरू दुवैजना फरार छन् ।
भदौ १४ मा दिउँसो ३ बजेर ३० मिनेटमा स्विमिङ पुलमा करेन्ट फैलिएर ४१ वर्षीय सजिलमान घाइते भएको उनकी बहिनी सुस्मिता शाक्यले रातोपाटीलाई बताइन् ।
होटलका प्रतिनिधिहरुले प्रहरीसँग स्विमिङ पुलमा करेन्ट नफैलिएको दाबी गर्दै आएका छन् । होटल संचालकको लापरबाहीले करेन्ट फैलिएको घटनालाई ‘हर्ट अट्याएक’ बनाउन खोजिएको पीडित परिवारले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण