एएफसी एसिया कप : बहराइनको पहिलो जित
आइतबार, ०७ माघ २०८०, ०८ : ०५
काठमाडौँ । एएफसी एसियन कप फुटबलमा बहराइनले पहिलो जित निकालेको छ । कतारमा जारी प्रतियोगिता अन्तर्गत समूह ‘ई' मा रहेको बहराइनले शनिबार राति भएको खेलमा मलेसियाविरुद्ध १–० गोलको जित निकाल्दै ३ अङ्क बटुल्न सफल भएको हो ।
बराबरीतर्फ उन्मुख खेलमा बहराइनले दोस्रो हाफको अतिरिक्त पाँचौँ मिनेटमा गोल गर्दै जित निकालेको हो । बहराइनका अलि मदानले गरेको गोल नै स्पष्ट ३ अङ्क दिलाउन सफल भयो । यो समूहमा जोर्डन र दक्षिण कोरिया समान ४–४ अङ्कका साथ तालिकाको पहिलो र दोस्रो स्थानमा छन् ।
समूह चरणको अन्तिम खेलमा बहराइनले जोर्डनसँग र मलेसियाले कोरियासँग खेल्ने छ । आगामी बिहीबार हुने खेलबाट अन्तिम १६ मा पुग्ने टिमको टुङ्गो लाग्ने छ । जारी प्रतियोगितामा मलेसियाले भने जित निकाल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण