समाचार
प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
आइतबार, ०७ माघ २०८०, ०९ : २३
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल तीन दिने युगान्डा भ्रमण सकेर स्वदेश फर्किएका छन् । युगान्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औँ शिखर सम्मेलनमा भाग लिई आइतबार बिहान स्वदेश फर्किएका हुन् ।
प्रधानमन्त्री दाहाल माघ ४ गते राति युगान्डा प्रस्थान गरेका थिए । सम्मेलनमा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । साथै उनले इजरायल-हमास द्वन्द्व रोकिनुपर्ने र शान्ति स्थापना हुनुपर्ने बताएका थिए ।
उनले अल्पविकसित राष्ट्रलाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्न र समृद्धिको यात्रामा डोर्याउन आवश्यक सहयोग अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण