ताइवान चीनको हो भन्दैमा नेपालको असंलग्न परराष्ट्र नीति डग्मगाउँदैन : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक चीन नीति मानिसकेपछि ताइवान स्वतन्त्र हुनुपर्छ भन्ने पक्षमा नेपाल नरहेको बताएका छन् । आइतबार बिहान तीन दिने युगाण्डा भ्रमण सकेर फर्किएका प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ताइवानको बारेमा नेपालको सुरुदेखिकै नीति चीनकै अंग हो भन्ने रहेको स्पष्ट पारेका हुन् ।
उनले ताइवान चीनको हो भन्दैमा नेपालको असंलग्न परराष्ट्र नीति नडगमगाउने दाबी गरे । उनले भने, ‘ताइवानको कुरा पनि जोडेर राख्नुभयो । ताइवानको विषयमा नेपालको सुरुदेखिको नीति के हो भने एक चीन नीति भन्दा ताइवान पनि चीनकै अंग हो भन्ने नीति नेपालको सुरुदेखि नै रही आएको छ । त्यो भन्दा बाहिर हामीले बनाएका छैनौँ । एक चीन नीति मानिसकेपछि हामी ताइवान अलग हुनपर्छ भन्ने नीतिको पक्षमा छैनौँ ।’
प्रधानमन्त्री दाहालले ताइवान चीनबाट अलग हुनुपर्छ भन्ने नेपालको नीति नरहेको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण