कीर्तिमानी २५औँ उपाधिको खोजीमा रहेका जोभोभिच क्वार्टरफाइनलमा पुगे
काठमाडौँ । सर्बियन टेनिस स्टार नोभाक जोकोभिच वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा पुगेका छन् । मेलबर्नमा आइतबार खेलिएको पुरुष एकलतर्फको चौथो चरणको खेलमा फ्रान्सेली प्रतिद्वन्द्वी एड्रिय मानारिनोलाई हराउँदै अन्तिम आठमा प्रवेश गरेका हुन् ।
पहिलो वरीयतामा आसिन जोभोभिचले २०औँ वरीयताका एड्रिनमाथि ६–०, ६–०, ६–३ को सजिलो जित हासिल गरेका थिए । ३६ वर्षीय जोकोभिच कीर्तिमानी रुपमा २५औं ग्रान्डस्लाम उपाधि जित्ने अभियानमा छन् । एड्रिनलाई हराउन जोकोभिचले एक घण्टा ४४ मिनेट समय खर्चिएका थिए ।
प्रतियोगिताको क्वार्टरफाइनलमा जोकोभिचले ग्रिसका स्टेफानोस सिसिपस वा अमेरिकाका टेलर फ्रिट्जसँग प्रतिस्पर्धा गर्नेछन् । जोभोभिचले हालसम्म ग्रान्डस्लाम प्रतियोगिताको २४ वटा उपाधि चुमिसकेका छन् ।
उनले अस्ट्रेलियन ओपनको पुरुष एकलतर्फको उपाधि १० पटक जितिसकेका छन् । यसका अतिरिक्त उनले हालसम्म तीनपटक फ्रेन्च ओपन, सातपटक विम्बल्डन र चारपटक यूएस ओपनको उपाधि चुमिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण