कलेजो प्रत्यारोपण गरेका ३ वर्षीय बालकको डिस्चार्ज गरिँदै
आइतबार, ०७ माघ २०८०, १४ : ०१

काठमाडौँ । नेपालमा पहिलो पटक सफल कलेजो प्रत्यारोपण गरिएका तीन वर्षीय बालकको आज डिस्चार्ज हुने भएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गत पुस २७ गते डा. पुकार चन्द्रको श्रेष्ठको नेतृत्वमा वीरगन्ज, पर्साका ३ वर्षीय बालकको कलेजो प्रत्यारोपण सफलता पूर्वक गरिएको थियो ।
उनको आज २ बजे १० दिनपछि डिस्चार्ज गरिने केन्द्रका वरिष्ठ प्रशासक सहायक विश्वनाथ पौड्यालले बताए । उनका अनुसार १५ देखि २० लाख रुपैयाँ कलेजो प्रत्यारोपणमा खर्च लाग्ने भए पनि १५ लाख मात्रै अस्पतालले लिएको छ । ती बालकलाई उनकी ३० वर्षीय आमाले कलेजो दान दिएकी हुन । प्रत्यारोपित बालकको स्वास्थ्य अवस्था सामान्य रहेको पौड्यालले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत
-
राप्तीको नहरमा डुबेर एक युवकको मृत्यु
-
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु
-
१० बजे १० समाचार : अमेरिकामा नेपालीको मृत्यु, पतञ्जलि जग्गा प्रकरणमा आरोप-प्रत्यारोप जारी
-
बेंगलुरुको विजय उत्सवमा भागदौड प्रकरण : कर्नाटक क्रिकेट संघका अधिकारीहरूद्वारा राजीनामा
-
सिकलसेल भएका युवायुवतीले विवाह गर्दा अनिवार्य रगत परीक्षण गर्नुपर्ने सुझाव