अफगानिस्तानमा विमान दुर्घटना, अहिलेसम्म के थाहा छ ?
काबुल । अफगानिस्तानको बदख्सान प्रान्तमा एउटा विमान दुर्घटना भएको खबर छ । यद्यपि, यी रिपोर्टहरूको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।
बदख्सान प्रान्तको तालिबान कमाण्डले जारी गरेको विज्ञप्तिमा यो विमानको प्रकार र कुन देशका कति यात्रु सवार थिए भन्ने अहिलेसम्म थाहा नभएको बताइएको छ । तालिबानले मिडियालाई साझा गरेको विज्ञप्तिमा उक्त विमान आफ्नो मूल बाटोबाट हटेर बदख्सान प्रान्तको जिबाक जिल्लाको उच्च पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ ।
विमान कहाँबाट कहाँ जाँदै थियो र सवार को–को थिए भन्ने आधिकारिक जानकारी दिइएको छैन । तर, अफगान मिडियाले उक्त विमान भारतीय भएको दाबी गरेको छ । तर अहिलेसम्म भारतले आफ्नो कुनै पनि विमान बेपत्ता भएको पुष्टि गरेको छैन ।
बीबीसीसँग कुरा गर्दै भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भने, ‘हामीले मिडियामा पनि रिपोर्टहरू हेरेका छौँ। हामीसँग अहिले कुनै पुष्टि भएको जानकारी छैन । हामी थप जानकारी सङ्कलन गरिरहेका छौँ।’
भारतीय समाचार एजेन्सी एएनआईले डीजीसीए अधिकारीहरूलाई उद्धृत गर्दै दुर्घटनामा परेको विमान भारतीय नभएको बताएको छ। अधिकारीहरूले यो विमान मोरक्कोमा दर्ता भएको डीएफ-१० विमान भएको बताएका छन् ।
भारतको नागरिक उड्डयन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अफगानिस्तानमा दुर्भाग्यपूर्ण दुर्घटनाको शिकार भएको विमान न त निर्धारित भारतीय विमान हो न त भारतीय चार्टर विमान। यो मोरक्कोमा दर्ता भएको सानो विमान हो। विवरणको प्रतिक्षा छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण