प्रधानमन्त्री कप क्रिकेट : पुलिसलाई हराउन आर्मीले १४१ रन बनाउनुपर्ने
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइतबार भएको दुई विभागीय क्लबबिचको भिडन्तमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई जितका लागि एक सय ४१ रनको लक्ष्य दिएको छ ।
सिद्धार्थनगर रंगशालामा टस हारी पहिले ब्याटिङको निम्तो पाएको पुलिस क्लबले निर्धारित ३३ मध्ये ३१.४ ओभरमै अलआउट हुनुअघि एक सय ४० रन बनाएको हो । खराब मौसमका कारण निर्धारित समयभन्दा निकै ढिलो सुरु भएको कारण उक्त खेल ३३–३३ ओभरमा झारिएको हो ।
पुलिस क्लबका लागि ओपनर ब्याट्सम्यान सुनिल धमलाले अर्धशतक (५२ रन) बनाए । उनले ८० बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काए । अन्य ब्याट्सम्यानको प्रदर्शन भने सन्तोषजनक रहेन । अर्जुन साउद १० रन बनाउँदै आउट भए ।
अर्का ओपनर कुशल भुर्तेलले भने खातासम्म खोल्न सकेनन् । दिलिप नाथ पनि शून्य रनमै पेभेलियन फर्किए । आरिफ शेखले टोलीको खातामा १८ रन थपे । शंकर राणा पाँच रन बनाउँदै आउट भए । कप्तान दीपेन्द्रसिंह ऐरी पनि १३ रनभन्दा अगाडि बढ्न सकेनन् ।
रासिद खानले १३ रन बटुले । करण केसी १० रन बनाउँदै आउट भए । सागर ढकाल तीन रनमा अविजित रहे । ललित राजवंशीले खाता खोल्न सकेनन् । विभागीय टोली पुलिस क्लबले अतिरिक्त रुपमा १६ रन पाएको थियो ।
आर्मी क्लबका बलर सोमपाल कामीले चार विकेट लिए । उनले ६ ओभरमा तीन मेडन राख्दै केवल १२ रन खर्चिए । साहब आलम र बिवेक यादबले पनि दुई–दुई विकेट हात पारे । अर्को एक विकेट भने कुशल मल्लले लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण