११ वर्षपछि सर्लाही कारागार सञ्चालनमा
वीरगन्ज । सर्लाहीको मलंगवामा लामो समयदेखि बन्द जिल्ला कारागार आजदेखि सञ्चालनमा आएको छ । जीर्ण जिल्ला कारागारको मर्मत सम्भारको कार्य सकिएपछि आजदेखि सञ्चालनमा ल्याइएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले शिलालेखको अनावरण तथा रिबन काटेर उद्घाटन गरेपछि जिल्ला कारागार सञ्चालनमा आएको हो । कारागारको उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले कारागारको जीवनशैलीमा परिवर्तन ल्याउनुपर्ने जरुरी रहेको बताए ।
उनले भने,‘कारागारलाई अब तपाईँहरू सुधार गृहको रूपमा विकास गर्नुपर्छ, यहाँ योगा सञ्चालन गर्नुपर्छ । ताकी कैदीबन्दीहरुमा सकारात्मक परिवर्तन आओस् ।’ सर्लाहीका सीडीओ कोमल प्रसाद धमलाका अनुसार ०६९ सालको माघ महिनादेखि जीर्ण हुँदा कारागार बन्द गरिएको थियो ।
उनले भने,‘ठेकेदारको लापरबाहीका कारण धेरै समय लाग्यो, किनभने कारागार मर्मतका लागि तीन–तीन पटक ठेक्का गर्नुपर्यो । अनि बल्ल अहिले आएर काम पुरा सकियो,त्यस कारण ढिलाइ हुन गयो ।’ ठेकेदारकै लापरबाहीले ११ वर्षमा यो जिल्लाका कैदीबन्दीहरुलाई सास्ती खेप्नुपरेको थियो,’उनले भने । तर अब त्यो समस्याबाट जिल्लाका कैदीबन्दीहरु छुटकारा मिलेको सीडीओ धमलाले बताए ।
मलंगवामा रहेको जिल्ला कारागार सञ्चालन आए लगत्तै रौतहट जिल्ला कारागारबाट ३० जना कैदीबन्दी सारेर सर्लाही कारागारमा ल्याएको सीडीओ धमलाले बताए । सर्लाही कारागार ८ कट्ठा साढे १९ धुर क्षेत्रफलमा फैलिएको छ ।
मर्मत सम्भार भई सञ्चालनमा आएको सर्लाही कारागारमा अहिले पानीको पर्याप्त व्यवस्था हुनुको साथै सुविधा सम्पन्न चमेना गृह, प्रजनन कक्षसहित शौचालयको समेत व्यवस्था गरिएको सीडीओ धमलाले जनाए ।
यो कारागारमा १६० जना पुरुष र ५० जना महिला गरी २१० जना अट्ने क्षमता रहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनायो । कारगारभित्र मर्मत भइरहँदा यहाँ कैदीलाई सिन्धुली, महोत्तरी, झुमका र रौतहट कारागारमा स्थानान्तरण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण