हलिउड अभिनेता जेट ली काठमाडौँमा
आइतबार, ०७ माघ २०८०, १६ : २८
काठमाडौँ । हलिउड तथा चिनियाँ अभिनेता जेट ली अहिले नेपालमा छन् । केही दिनअघि नेपाल आएका उनी बौद्धको एक गुम्बामा रहेको बताइन्छ । अभिनेता जेट ली बौद्ध गुरु छोकी निमा रिम्पोछेसँग बौद्ध दर्शनको कक्षा लिन नेपाल आएका हुन् ।
शनिबार जेट लीसँगै अभिनेत्री मनिषा कोइराला, आनी छोइङ डोल्मा, युवराज घिमिरे पनि उक्त गुम्बामा पुगेका थिए । जसको जानकारी मनिषाले सामाजिक संजाल फेसबुकमा तस्बिर सहित दिएकी छन् ।

जेट ली छोरी र केही सहयोगीसँगै काठमाडौँमा आइपुगेका हुन् । उनी सन् २०२३ को क्रिसमसमा पनि काठमाडौँ आएको बताइन्छ । जेट ली कति दिन काठमाडौँ बस्ने बताइएको छैन । जेट लीले हलिउड र चिनका थुप्रै फिल्म अभिनय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण