शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
बजेट

कोशी प्रदेश बजेट कार्यान्वयन : चालूतर्फ ३०.१९ प्रतिशत खर्च, पुँजीगत १३ प्रतिशत खर्च

आइतबार, ०७ माघ २०८०, २० : २१
आइतबार, ०७ माघ २०८०

विराटनगर । आधा आर्थिक वर्ष बितिसक्दा कोशी प्रदेश सरकारको बजेट कार्यान्वयनको अवस्था निराशाजनक पाइएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय कोशी प्रदेशका अनुसार हालसम्म प्रदेशको पुँजीगत खर्च १३.४० प्रतिशतमा सीमित हुँदा चालू खर्च भने ३०.१९ प्रतिशत रहेको छ । 

प्रदेश सरकारले ३६ अर्ब ७४ करोड ३५ लाख १० हजार रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । हालसम्ममा पुँजीगततर्फ २ अर्ब ७३ हजार २१ लाख ८८ हजार ७९ रुपैयाँ खर्च भएको छ । यस्तै चालूतर्फ भने ४ अर्ब ९३ करोड ५७ लाख ७७ हजार ९४७ रुपैयाँ खर्च भएको छ । 

सरकारले चालूतर्फ १६ अर्ब ३४ करोड ८४ लाख २८ हजार र पुँजीगततर्फ ३० अर्ब ३८ करोड ५० लाख ८२ हजार रुपैयाँ विनियोजन गरेको छ । यस्तै वित्तीय व्यवस्थातर्फ सरकारले १ करोड रुपैयाँ विनियोजन गरेको छ । 

प्रदेश सरकारको आम्दानी भने हालसम्म ४७ दशमलव ९७ प्रतिशत रहेको छ । अनुदानमार्फत ८ अर्ब २ करोड ५७ लाख ३ हजार ३ सय, राजस्व बाँडफाँडबाट ३ अर्ब ५९ करोड ९६ लाख ६६ हजार ४८०, नगद मौज्दातबाट ४ अर्ब २५ करोड १ लाख र आन्तरिक आम्दानीबाट १ अर्ब ५६ करोड ९२ लाख १२ हजार ६६४ राजस्व प्राप्त भएको छ । 

सरकारले १६ अर्ब २६ करोड ७४ लाख ६० हजार, राजस्व बाँडफाँटबाट ११ अर्ब ३९ करोड ८१ लाख, नगद मौज्दातबाट ४ अर्ब २५ करोड १ लाख र आन्तरिक राजस्वबाट ४ अर्ब ८२ करोड ७८ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नु अनुमान गरेको छ । सरकारले लक्ष्यको अनुपातमा अनुदान ५०.४४, राजस्व बाँडफाँड ३१.५८ प्रतिशत र आन्तरिक राजस्व असुली ३२.५० प्रतिशत प्राप्त गरेको छ । खर्चको अनुपातमा आम्दानी बढी प्राप्त हुँदा प्रदेश सरकारको खातामा ९ अर्ब ९५ करोड ६७ लाख १६ हजार रुपैयाँ सञ्चित देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप